公益財団法人 宮城県国際化協会 | MIYAGI INTERNATIONAL ASSOCIATION

मियागी अन्तर्राष्ट्रिय एसोसिएसनको सम्बन्धमा About MIA

मियागी अन्तर्राष्ट्रिय एसोसिएसनको सम्बन्धमा

मियागी अन्तर्राष्ट्रिय एसोसिएसन (MIA) ले मियागी प्रान्तका नागरिकहरू माझ अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान तथा सहयोग प्रबर्द्धन गर्नुका साथै मियागी प्रान्तलाई विश्वमा चिनाउने प्रयास गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको थियो । यी लक्ष्यहरू प्राप्त गर्न, MIA ले स्थानीय निकायका साथै बिभिन्न अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदानमा रुची राख्ने समूहहरू बीचको सम्पर्क र समन्वयलाई बढावा दिई र सूचना आदानप्रदानलाई सघन बनाउने र विस्तृत रुपमा सूचनाहरू संकलन गर्ने कार्य गर्दै आएको छ ।

Information from MIA

ईतिहास

सन 1955, डिसेम्बर
मियागी विदेशी संगठनको स्थापना
सन 1987, अगस्ट
मियागी विदेशी संगठनको, मियागी अन्तर्राष्ट्रिय एसोसिएसनको नाममा पुनर्गठन
सन 1989, अक्टोबर
अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान कर्नरको शुरुवात (सेमिनार कक्ष, सम्बन्ध आदानप्रदान लबी, पुस्तकालय)
सन 1990, जनवरी
गृह मन्त्रालय (हाल आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय) द्वारा स्थानीय अन्तर्राष्ट्रिय एसोसिएसनको रूपमा मान्यता प्राप्त
सन 2012, अप्रिल
जनहितमा आधारित संस्थान मा फेरिएर, नयाँ नाम, जनहितमा आधारित संस्थान मियागी अन्तर्राष्ट्रिय एसोसिएसन रहनगयो

प्रमुख प्रतिनिधि

महानिर्देशक हिरोनोरी यामागुची

स्थान

981- 0914
मियागी-केन सेन्दाई-सी आवोबा-कु चुचुमीदोरी आमामिया माची 4-17
मियागी केन सेन्दाई गोदोच्योस्या 7औं तला

Multilingual Map (PDF)

टेलिफोन

022-275-3796

इमेल

mail@mia-miyagi.jp

कार्यालय समय

सोम~शुक्रबार 8:30~17:15
( शनि-आइतबार, सार्वजनिक बिदा र नयाँवर्षको बिदा अबधि बाहेक)

TOP