公益財団法人 宮城県国際化協会 | MIYAGI INTERNATIONAL ASSOCIATION

जापानी भाषा-स्वयंसेवीको संयोजनJapanese Language Tutors Program

मियागी इन्टरनेसनल एसोसिएसन(MIA)जापानी भाषा-स्वयंसेवीको संयोजन

हामी जापानी भाषा अध्ययन गर्न इच्छुक बिदेशीनागरिकहरु आदिका लागी, MIA मा दर्ता भएका भाषा-स्वयंसेवीहरुसँग भेटाउने कार्य गर्दछौं ।

आवेदन

आवेदक
सैदान्तिक रुपमा मियागी प्रिफेक्चरमा बसोबास गर्ने व्यक्ति तथा
जापानी भाषा सिक्न चाहने व्यक्ति ।
आवेदनको तरिका
“MIA जापानी भाषा-स्वयंसेवी आवेदन फारम” भरेर, यस संस्थामा पेस गर्नुपर्नेछ ।
आवेदन शुल्क
निशुल्क
आवेदन समय
जुनैपनि समय
( आवेदन दिएको एक महिना कट्दा पनि स्वयंसेवी नभेटिएको अवस्थामा, यो आवेदन लाइ निरन्तरता दिने कि के गर्ने भन्ने बारेमा बुझ्न तपाइलाइ सम्पर्क गरिनेछ )
आवेदन रद्द
निम्न परिस्थितिमा आवेदन रद्द गरिनेछ ।

  1. आवेदनकर्ता स्वयंले आवेदन रद्दको लागी खबर गरेमा ।
  2. आवेदन दिएको एक महिना सम्ममा पनि भाषा-स्वयंसेवी नभेटीएको अवस्थामा,आवेदन लाइ निरन्तरता दिने बारेमा तपाइसँग बुझ्न सम्पर्क गर्दा, सम्पर्क हुन नसकेमा ।
  3. यस कार्यक्रमको उद्देश्य विपरीतको कार्य गरेको अवस्थामा ।

संयोजन

कहिले, कहाँ, र केका लागी (बोल्ने, सुन्ने, पढ्ने, लेख्ने इत्यादि)को बारेमा पढ्न इच्छुक भएका कुराहरु हेरेर, भाषा-स्वयंसेवी खोज्ने छौं, त्यसमा पनि पछि आफूलाई सिक्न मनलागेको कुराको बारेमा भाषा-स्वयंसेवीसँग सल्लाह गरेर निर्णय गर्न सक्नु हुनेछ । तर, तपाईले पढ्न खोज्नु भएको बिषयको स्वयंसेवी नभेटिने अवस्था पनि हुन सक्दछ, कृपया त्यस्तो अवस्थाको बारेमा बुझिदिनु हुन अनुरोध गर्दछौं ।

लागत

पढाइ शुल्क
सामान्यतया निशुल्क हुन्छ ।
अन्य आवस्यक खर्च
भाषा-स्वयंसेवीको गाडी भाडा, फोटोकपी खर्च, किताबको पैसा आदीको लागी आवस्यक रकम आवेदनकर्ताले तिर्नु पर्ने हुन्छ ।

अन्य

पढाई समयमा केहि जानी, कुनै दुर्घटना या घटना आइपरेमा, तपाइको व्यक्तिग जिम्मेवारी भित्रमा पर्ने हुनाले आफैले मिलाउनु पर्नेछ ।

MIA जापानी भाषा-स्वयंसेवीसँग अध्ययन गर्न इच्छुक व्यक्तिहरुका लागी

Q1. MIA जापानी भाषा-स्वयंसेवीहरु भन्नाले?
आमरुपमा, जागिर तथा आफ्नो काम गरिरहेका व्यक्ति, गृहणी, कामबाट अवकाश प्राप्त व्यक्ति, विद्यार्थी आदी जो आफ्नो खालिसमयमा सहयोगिको रुपमा, तपाईहरुको जापानीज भाषाको अध्ययनमा सहयोग गर्ने व्यक्तिहरुलाई भाषा-स्वयंसेवी भन्ने गरिन्छ ।
Q2. भाषा-स्वयंसेवीसँग कसरी भेट गर्ने ?
यसका लागि हामीले, तपाई अहिले बस्दै आउनुभएको ठाँउ, पढन मिल्ने समय तथा तपाइले सिक्न खोज्नु भएको कुराहरुलाई ध्यानमा राखेर, सक्दो रुपमा तपाईसँग मेलखाने स्वयंसेवीको खोजि गरेर भेट गाराउनेछौं । यी कुराहरु मेलखाने स्वयंसेवी भेटिएको अवस्थामा दुवै पक्षको नाम, सम्पर्क ठेगाना (फोननम्बर , इमेल एड्रेस आदी)को बारेमा, स्वयंसेवी तथा तपाईहरुलाई छुट्टाछुट्टै जानकारी गाराउने छौं, सम्पर्क ठेगाना पाएपछि सम्पर्क गरेर भेट गर्नु होला । MIAले खोजिदिने सम्मको कार्य गर्ने हुनाले,भाषा-स्वयंसेवीसँग भेट्ने ठाउँ, समय, अध्ययन गर्न खोजेको बिषय आदिको बारेमा दुइपक्षबीच सल्लाह गरेर निर्णय गर्नु होला ।
Q3. यसको लागी कति समय लाग्ने गर्दछ ?
भाषा-स्वयंसेवीसँग भेटाउनको लागी लगभग तिनदिन देखि एक महिना सम्मको समय लाग्न सक्दछ। तर, स्वयंसेवीहरुको दर्ता कम भएको क्षेत्र या स्वयंसेवीको समय नमिलेको स्थितिमा, समय लाग्ने तथा भेट गराउन नसकिने अवस्था पनि हुन सक्दछ ।
Q4. भाषा-स्वयंसेवीको लागी लाग्ने पढाइ खर्च चाहिँ ?
अध्ययन खर्च चाँही निशुल्क हो तर, अन्य आवस्यक खर्च ( स्वयंसेवीको गाडीभाडा , फोटोकपी खर्च, किताबको पैसा आदी) भने तपाईहरुले तिर्नुपर्ने हुन्छ । पढाई शुरु गर्नु पहिला आवस्यक खर्चको बारेमा भाषा-स्वयंसेवीसँग अनिवार्य रुपमा छलफल गर्नु होला ।
Q5. भाषा स्वयंसेवीसँग अध्ययन गर्ने बेलामा ध्यान पुर्याउनुपर्ने कुराहरु केहि छन ?
दुइ जनाको बीचमा भएको सहमतिको पालना राम्रोसँग गर्नु होला । सल्लाह गरेर तोकेको समयको पालना गरौं । यदि कुनै दिन पढाइ क्यान्सिल गर्नुपर्ने या जान ढिला हुने भएमा , अनिवार्य रुपमा पहिला नै सम्पर्क गरि जानकारी गराऔँ । स्वयंसेवीले पढ्न को लागी सहयोग गर्नु हुनेछ तर, पढ्ने भनेको चाहिँ तपाईहरु आफैँ भएकाले ,सिक्न मनलागेको बिषय या पढ्ने तरिकाको, कसरी पढ्दा सिक्न सजिलो हुन्छ भन्ने बारेमा राम्रोसँग सोध्ने गरौं । स्वयंसेवी सँग पढ्ने कुरामा विस्वासको बातावरण हुनु अतिनै महत्वपूर्ण हुन्छ । यदी,इमान्दारीताको कमि महसुस हुने बातावरण दोहोरिरहेको अवस्थामा स्वयंसेवीसँगको अध्ययनलाइ रद्ध गर्न हामी बाध्य हुनेछौं ।
Q6. मेरो साथी पनी हामीसँगै पढ्न चाहन्छ के यसोगर्न मिल्छ ?
हामीले स्वयंसेवी चाँही, आबेदन दर्ता गर्ने व्यक्तिहरुका लागि मात्र खोज्ने कार्य गर्ने गर्दछौं । त्यसैले तपाइको साथी पनि सँगै सोही स्वयंसेवीसँग पढ्न इच्छुक भएमा, साथीले पनि अनिवार्य रुपमा आबेदन दिनुपर्ने हुन्छ ।
Q7. केहि अप्ठ्यारो परेमा कुनैपनि बेला परामर्श लिन सकिन्छ ?
अबस्य पनि ! तलको ठेगानामा सम्पर्क गरि निसंकोच सरसल्लाह गर्न सक्नुहुनेछ ।

MIA Japanese Language Tutors Application Form (Word)

TOP