公益財団法人 宮城県国際化協会 | MIYAGI INTERNATIONAL ASSOCIATION

कार्य बिबरणSummary of MIA’s Programs

बहुसांस्कृतिक सह-अस्तित्व लागीको प्रयास

जापानिज भाषाको संचालन

जापानिज भाषा सिक्न आवस्यकता महसुस गर्ने मियागी प्रान्तमा बसोबास गर्नुभएका विदेशी नागरिक आदिलाई लक्षित गरेर भाषा कक्षाको संचालन गर्दै आएका छौं ।
बृस्तित विवरणका लागि यहाँ क्लिक गर्नुहोस

जापानिज भाषा सहयोगीसँग भेटाउने

जापानिज भाषा सिक्न चाहने विदेशी व्यक्तिहरुका लागि, जापानिज भाषा सहयोगीसँग भेट गराउने कार्य गर्दै आएका छौं ।
बृस्तित विवरणका लागि यहाँ क्लिक गर्नुहोस

स्वास्थ्य तथा चिकित्साका साथै दैनिक जीवनयापनको परामर्श दोभाषे सहयोगी पठाउने कार्य

हामी स्वास्थ्य / चिकित्सा संस्था र सरकारी संस्थानहरूको अनुरोधको आधारमा दोभाषे समर्थकहरू पठाउँद छौं जसले गर्दा जापानी बोल्न नसक्ने मियागी प्रान्तमा बसोबास गर्ने विदेशीहरूले स्वास्थ्य तथा चिकित्सा सेवा र प्रशासनिक सेवाहरू ढुक्कसँग प्राप्त गर्न सकुन ।

विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागी को स्थापना

मियागी प्रान्तमा बसोबास गर्ने विदेशीहरूले दिनहुँ सामना गर्ने विभिन्न समस्याहरूलाइ सहायता गर्नको लागि, जापानिज भाषा लगायत १३ भाषामा परामर्श सेवा संचालन गर्दै आएका छौं ।
बृस्तित विवरणका लागि यहाँ क्लिक गर्नुहोस

विदेशी नागरिकका बच्चाहरूको लागि सहायता केन्द्रको स्थापना

जापानिज भाषामा कक्षा लिन नसक्ने विदेशी बालबालिकाहरुको लागि, मियागी प्रान्तको प्रार्थमिक तथा माध्यमिक विद्यालयमा जापानिज भाषा अध्ययन सहयोगी तथा मातृभाषाका सहयोगी पठाउने कार्य गर्दै आएका छौं । त्यसैगरी, विभिन्न आवस्यक परामर्शहरु पनि दिने गर्दछौं ।

नयाँ आगन्तुकहरु लाई दैनिक जीवनयापन अनुकूलताको लागि सहयोग कार्यक्रमको कार्यान्वयन

MIA जापानिज भाषाकक्षाका बिधार्थीहरु अथवा सामाजमा बस्नुहुने सीप प्रशिक्षणार्थी आदि विदेशीहरुको लागि लक्षित गरि स्वास्थ्य, चिकित्सा, प्रकोप रोकथाम सम्बन्धि कक्षाका साथै सार्बजनिक संस्थानहरुको प्रयोग गरि अनुभव लिने प्रशिक्षणहरु संचालन गर्ने गर्दछौं ।

प्राकृतिक प्रकोपको समयको दोभाषे स्वयंसेवक पठाउने कार्य

मियागीप्रान्त भित्र प्राकृतिक प्रकोप आएको अवस्थामा प्रान्त निवासी विदेशी नागरिकहरुको आश्रयस्थलको दिनचर्या आदिको सहयोगको लागि, प्राकृतिक प्रकोप रोकथाम मुख्यकार्यालय बाटको अनुरोधमा आधारित भइ, प्राकृतिक प्रकोपको समयको दोभाषे स्वयंसेवकको पठाउने कार्य गरिरहेकाछौ ।

सीप प्रशिक्षणार्थी आदि सहितको सह-अस्तित्व समुदाय विकासको प्रबर्द्धन परियोजना

उल्लेखनीय बृद्धि भैरहेका सीप प्रशिक्षार्थीहरु र स्थानीय बासिन्दाहरूसँग सम्बन्ध बनाउदै प्रचारप्रसार गर्न नगरपालिका र नागरिक समूहहरूको सहकार्यमा, अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्दछौं ।

निजी लगानीमा आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू लक्षित गरि जीवनयापनको लागि ऋण निर्ब्याजमा प्रदान गरिने

प्रान्त भित्रको विश्वविद्यालयहरूमा भर्ना भै निजी लगानीमा आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू आपतकालीन रुपमा जीवनयापन ऋण आदि आवश्यकता परेको अवस्थामा, निर्ब्याजमा 2 लाखएन सम्म ऋण प्रदान गरिरहेका छौ ।
बिस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस

अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान तथा सहयोग सम्बन्धी कार्यक्रम

संस्थाको मुखपत्र 「मियागीको अन्तर्राष्ट्रिय सूचना पत्रिका “कुराबु MIA”」प्रकाशन

मियागी प्रान्त भित्र बिभिन्न क्षेत्रमा सक्रीय रहेका विदेशी नागरिकहरुको अन्तर्वार्ता मार्फत परिचय गराउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्धि गतिविधि गर्ने समूहहरूको गतिबिधिको बारेका जानकारी प्रकाशित गरेर, हाम्रो संस्थाका सहयोगी सदस्यहरू सहित अन्य सम्बन्धित संस्थालाई नियमित रूपमा पठाउने गर्दछौं ।
बृस्तित विवरणका लागि यहाँ क्लिक गर्नुहोस

अन्तर्राष्ट्रिय समझदारी शिक्षा प्रबर्द्धन गर्न विदेशी प्रशिक्षकहरू पठाउने कार्य

विदेशी पाहुनाहरुलाई प्राथमिक,निम्नमाध्यमिक तथा माध्यमिक विधालयमा पठाउने कार्य गरि, विश्वको विविधता र पारस्परिक सहायताको महत्त्व बुझ्ने अवसर प्रदान गर्ने कार्यक्रमको प्रायोजन गर्दछौं ।

जापानिज भाषा शिक्षा शैक्षिक सामग्री र झण्डा निःशुल्क आदानप्रदान

जापानी भाषा शिक्षा सम्बन्धित विभिन्न शैक्षिक सामग्री,वा अन्तर्राष्ट्रिय एक्सचेन्ज कार्यक्रमहरूमा प्रयोग गरिने झण्डा निःशुल्क आदानप्रदान गर्ने गर्दछौं

『मियागीको अन्तर्राष्ट्रिय कार्यगतिबिधि समुह DIRECTORY』को सिर्जना

प्रान्तभित्रको अन्तर्राष्ट्रिय कार्य गतिविधिमा संलग्न समूहहरूको सारांशको परिचय गर्दै,समूहहरू बीचको नेटवर्किंग र सूचना प्रसारको सहयोग गर्दछौं।

अन्तर्राष्ट्रिय कार्य गतिविधि समूहहरू सँग सम्पर्क बैठकहरूको आयोजना

प्रान्तभित्र अन्तर्राष्ट्रिय एक्सचेन्ज निजी समूह साथै प्रान्तभित्रको गाउँ,नगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान सूचना आदानप्रदान सहयोगलाई सुदृढ पार्ने योजनाको उद्देश्यका लागि सम्पर्क सम्मेलन गर्दै आइरहेकोछौ ।

अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान समूहहरूको कार्यक्रमहरु आयोजन गर्न सहयोग

अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान समूहहरूको आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई प्रयोजन आदि गर्न सहयोग गर्दछौं।

「मियागीको गाउँघर भेटघाट कार्यक्रम 」

प्रान्तभित्र बसोबास गर्ने बिदेसी नागरिकहरुको लागि प्रत्येक गाउँ,नगरपालिकामा आयोजन हुने परम्परागत संस्कृतिक कार्यक्रममा सहभागी गराई, त्यस प्रान्तको संस्कृति प्रदर्शनका साथै प्रान्तका नागरिकहरू सँगको आदानप्रदान प्रचार-प्रसार गर्दैछौं।

अन्तर्राष्ट्रिय सहयोग समिनारको आयोजना

अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी प्रचार र ज्ञान प्रबर्द्धनका लागि, JICA तोहोकु शाखा द्वारा सह-प्रायोजित, प्रान्तका नागरिकहरूका लागि सेमिनारहरू आयोजना गर्दछौं।

मियागी प्रान्त बाह्य प्रशिक्षार्थी जापानी भाषा प्रशिक्षण को कार्यान्वयन

मियागी प्रान्तले विकासोन्मुख देशहरूलाई टेक्निकल सहयोगको रूपमा स्वीकार गरि प्रशिक्षार्थीहरूको लागि, जापानी भाषाको प्रशिक्षणको आयोजना गर्छौ ।

विदेशी आप्रवासीहरूका लागि सहयोग

विदेशका मियागी प्रान्तमा बस्ने व्यक्तिहरुको संगठनको मित्रता र कल्याणकारी सुधारको लागि संगठित गरिएको प्रान्त नागरिक संगठनको आवाज व्यवस्थापनमा योगदान पुर्‍याउने, प्रान्त नागरिक संगठनलाई देइने अनुदान आदि सहयोग प्रदान गर्दछौं।

TOP